प्रवासी नेपाली एकता मञ्च युके द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न 

training

प्रवासी नेपाली एकता मञ्च युके द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न 

प्रवासी नेपाली एकता मञ्च युकेको वैचारीक अनुसंधान विभाग द्वारा नेकपा एमाले समर्थित प्रवासमा रहेका गैरआवासीय नेपालीहरु लाई समसामयिक नेपालको राजनीती तथा नेकपा एमालेको सिद्दान्त जनताको बहुदलीय जनवाद र मार्क्सवादी दृष्टिकोणवाट समृद्ध नेपाल सुखी नेपालीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम संघका अध्यक्ष भक्त गुरुङको  सभापतित्वमा भएको थियो भने संचालन बिभागका संयोजक बालकृष्ण भुसाल र मञ्चका महासचिव सुरेश जंग शाहले  सहभागीहरुलाई स्वागत मन्तव्य राखेका थिए।त्यसैगरी यस प्रशिक्षणको संसलेषण सहित आफ्ना टिप्पणीहरु मञ्चका सल्लाहकारहरु कर्ण शाही र दिनेश घिमिरेले प्रस्तुत गरेका थिए ।यस कार्यक्रममा संसारभर छरिएर रहेका संघहरू कतार,आएरल्याण्ड,अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरब,पोर्चुगल मलेसिया, फ्रान्स का अध्यक्ष र नेताहरू समेत १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

 

नेकपा एमालेका सांसद तथा केन्द्रीय नेता राजेन्द्र गौतमले प्रमुख आथित्य ग्रहण गर्दै मार्क्सवाद र लेनिनबादमा आधारित नेकपा एमालेको पाँचौ महाधिवेशनमा बाट स्वर्गिय जननेता मदन कुमार भण्डारीले प्रतिपादन गर्नु भएको नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवादको बारेमा बृस्तित बिवेचना गरे।जुन पार्टीको छैटौँ महाधिवेशनबाट मार्गनिर्देशक सिद्दान्तको रूपमा पास भयो।बि.स.२०७४ मा नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादीको एकिकरण सैदान्तिक र वैचारिक जग अत्यन्तै कमजोर रहनुका साथै पार्टीको हितलाई  केन्द्रमा राखेर सरकारलाई निती निर्देशन र सहयोगको सट्टा बिशेषत उच्च नेतृत्व आफूअनुकुलका स्वार्थमा लिप्त हुँदा पार्टी भित्र गम्भीर संकट पैदा भई झन्डै दुई तिहाई प्राप्त प्रतिनिधी सभाको बिघटन गर्न बाध्य हुनु परेको तथ्य प्रस्तुत गरे।सर्वोच्च अदालतबाट प्रतिनिधी सभाको पुनर्बहाली पश्चात पुनः फाल्गुण २३ को फैसलाले तत्कालीन् नेकपा एमाले र नेकपा माओवादीलाई बिउँताए पनि लामो समय देखि नेकपा एक हुँदाको मतभेद नेकपा एमाले भित्र सरेकाले यसको एकतामा संकट कायमै रहेको अबगत गराए।तथापी पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के पी सर्मा वलीले गुट र समुहलाई कुनै पनि हालतमा मान्यता नदिई गुटलाई सँधैका लागि अन्त्य गर्ने चट्टानी अडान लिएका छन् ।

उनले जनताको बहुदलीय जनवादले अनुसरण गर्ने  मुलभूत चौध वटा सिद्धान्तहरू मध्य बहुलबाद, आबधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, सक्ति पृथकीकरणको सिद्धान्त, प्रतिपक्षको सम्मान,सुसान, राष्ट्रिय स्वाधीनता हरूको बिषयमा  गहिरो ब्याख्या गरे।नेपाली समाजमा बिद्यमान सोषण,अत्याचार, अन्यायको अन्त्य बिरोधी हरूको अस्तित्वलाई स्वीकार गर्दै बहुलवादमा आधारित लोकतान्त्रिक ब्यबस्थाबाट पनि गर्न सकिन्छ र समाजबादको आधार सृजना  हुन्छ भन्ने जनताको बहुदलीय जनवादको बिश्वास रहेको बताए ।राज्यसत्ता जनताको अभिमतबाट र पार्टीको नेतृत्व कार्यकर्ताहरूको अभिमतबाट मात्रै बैधानिक तवरले प्राप्त गर्नु पर्दछ भन्ने मुख्य सिद्दान्त रहेकोले कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भन्ने आरोपलाई जनताको बहुदलीय जनवादले सहजै परास्त गरेको छ।जसले गर्दा बिश्वभर रक्षात्मक स्थितीमा रहेको कम्युनिस्ट आन्दोलन नेपालमा भने क्रमिक रूपमा नेपाली जनता माझ लोकप्रिय हुँदै गयो।फलस्वरुप गत संसदिय निर्वाचनमा कम्युनिस्ट गठबन्धनले झन्डै दुई तिहाई प्राप्त गर्न सफल भयो ।

 

राजनीतिक आन्दोलनमा सफल भई गणतान्त्रिक संघिय लोकतान्त्रिक ब्यबस्थाको स्थापना भए पश्चात राष्ट्रिय उत्पादनमा नयाँ सम्बन्धका आधारहरु मार्फत आर्थिक,सामाजिक र सांस्कृतिक क्षेत्रमा समाजबादका जग बसाल्ने तथा हाम्रा दुई बिशाल छिमेकीहरु संगको सम्बन्ध आफ्नो राष्ट्रिय स्वाधीनता र एकतालाई मजबुत बनाई आत्मनिर्भर हुँनु नै जनताको बहुदलीय जनवादको मुख्य रणनीति हो।समयअनुकूल निर्वाचन प्रणाली, न्यायपालिका,पार्टीहरु र सामाजिक निकायहरुको भूमिकाको बारेमा जनताको बहुदलीय जनवादले परिमार्जन गर्दै लैजाने योजना रहेको समेत बताए ।

 

तत्पश्चात नेकपा एमालेका केन्द्रिय नेता राम बहादुर राउतले पनि प्रमुख आतिथ्यता ग्रहण गर्दै नेकपा एमालेको  महाधिवेशनबाट पारीत भई बिद्यमान के पी वलीको सरकारको राष्ट्रिय आकांक्षाको रूपमा रहेको समृद्ध नेपाल सुखी नेपाली मार्क्सवाद दृष्टिकोणबाट भन्ने बिषयमा सबैले सजिलै बुझिने सरल भाषामा तथ्याकं र आधारहरु सहित बृस्तित बिवेचना गरे।यस सरकारले योजना आयोग मार्फत बिभिन्न ३४ वटा संवृद्धीका र २१ वटा सुखका सुचांकहरूको छनोट समेत  गरेको स्पष्ट पारे।साथै उनले नेपाल भौगोलिक, प्राकृतिक, धार्मिक, जैविक, सांस्कृतिक रूपमा बिबिधताले भरिपुर्ण भएको हुँदा अब कुनै पनि हालतमा अति गरीब राष्ट्रको रूपमा रहन नपर्ने र बिगत तीन बर्षको अबधिमा बिभिन्न आन्तरीक र बाहिरी ब्यबधानको बाबजुत के पी वलीको सरकारले हासिल गरेका उपलब्धिहरूको तथ्याङ्क प्रस्तुत गरे।जसबाट संवृद्धीका आधारहरु मजबुत हुँदै गईरहेका छन् ।मानिस बिभिन्न चरणमा हासिल गरेका सफलता र उपलब्धिहरूबाट क्षणिक  खुसी प्राप्त गर्न सक्छ भने खुशीहरूको एकमुष्ठ रूपबाट  दिर्घकालिन सुख प्राप्त गर्दछ भन्ने बर्तमान सरकारको बिश्वास रहेको कुरा समेत अबगत गराए। उपरोक्त राष्ट्रिय चाहना पुरा गर्न तिन तह सरकारको कार्यसिद्दान्त सहअस्तित्व, सहकार्य र समन्वयमा आधारित रहेको बताए

 

 बर्तमान सरकारले बन्द र जिर्ण अबस्थामा रहेका उद्योगहरुको संचालन, श्रमिकहरुको लागी सामाजिक सुरक्षा कोषको स्थापना,सडक मानबको बिस्थापन,सान्ति प्रकृयालाई पुर्णता दिंदै आर्थिक बिकासमा सहजीकरण, असमान ब्यापार घाटा घटाउँन उत्पादनमा बृद्धि गर्ने उद्देश्यले अनुदान दिने,सताब्दीयौं देखि भारत संगको एकतर्फी निर्भरताको अन्त्यको लागी चिन संग सम्पन्न ऐतिहासिक ब्यापार तथा पारवहन सन्धि जस्ता बर्तमान सरकारको  महत्वपुर्ण उपलब्धिबाट नेकपा एमाले समाजबादी लक्षबाट बिमुख हुँदै पुंजीवादी दलदलमा फस्न लागेको भन्ने आरोपलाई खण्डन गरेको छ।

 

अन्तमा नेपाल तिन खम्बा अर्थनीति निजी,सहकारी तथा सरकारी लगानीमा आधारित रहेकाले प्रवासमा रहेका सबै गैरआवासीय नेपाली हरु लाई आफुले आर्जन गरेको ज्ञान, सिप र आर्थिक श्रोतलाई नेपालको राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन सदुपयोग गर्न समेत आह्वान गरेका छन् ।

 

 

—————————-

News Coverage

 

देश बिदेशमा बस्ने आफ्ना समर्थक एवम कार्यकर्ताहरूलाई नेपालको राजनैतिक अवस्था र पार्टीको धारणा सुसुचित गराउन प्रवासी नेपाली एकता मंच-यूकेले कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको छ। “प्रवासी नेपाली एकता मंच” प्रवासिएको बौद्दिक ब्यक्तिहरूको जमात भनेर पनि चिनिन्छ। मार्च २८ तारिख आइतवार सम्पन्न भएको प्रशिक्षण कार्यक्रमका लागि नेकपा एमालेको प्रशिक्षण सम्बन्धीका केन्द्रीय सदस्य एवम बुध्दिजिबी द्वय राजेन्द्र गौतम र राम बहादुर रावतले संबोधन गर्दै प्रशिक्षण दिएका थिए।

प्रशिक्षण भेलामा बर्तमान अवस्थाको राजनैतिक परिस्थिति बारे जानकारी दिदै प्रशिक्षक राजेन्द्र गौतमले ” जनताको बहुदलीय जनवाद र समसामाहिक राजनैतिक बिषयमा लामो ब्याख्या गर्दै सबै कार्यकर्तालाई उत्साहित बिचारहरु ब्यक्त गरेका थिए। कोभीड-19 को महामारीका बेला भर्चुअल जुम मार्फत गरिएको प्रशिक्षण भेलामा अर्का बिचारक एवम बुध्दिजिबी राम बहादुर रावतले आफ्नै गृह जिल्ला पाल्पाबाट बेलायतका पार्टी सम्बध्द कार्यकर्तालाई प्रशिक्षण दिएका थिए। समृद्ध नेपाल, सुखी नेपाली, मार्क्सवादी दृष्टिकोण भन्ने बिषयमा प्रशिक्षण दिएका बुध्दिजिबी एवम बर्तमान अवस्थाका चर्चित बिश्लेषक राम बहादुर रावतले समसामयिक बिषयमा उठेको प्रश्नहरुको जवाफ दिनु भयको थियो।

प्रशिक्षण आयोजक प्रवासी नेपाली एकता मंच बेलायतले यस अघि पनि बुध्दिजिबी एवम एमालेका नेता सुभाषचन्द्र नेवाङ (पुर्व सभामुख), राम बहादुर थापा बादलको (गृहमन्त्री),डा राजन भट्टराई (प्रधानमन्त्रीका सल्लाहाकार), इश्वर पोखरेल (महासचीव एवम उपप्रधानमन्त्री) पद्मा अर्याल (कृषिमन्त्री), सुजिता शाक्य (अनेमस), माननीय बिन्दा पाण्डे (बिदेश बिभाग), गौरी प्रधान(पुर्व सदस्य, मानवअधिकार आयोग),आदीलाई आमन्त्रण गरी बिबिध बिषयमा जानकारी लिने काम गरिसकेको छ।

 

 

प्रवासी नेपाली एकता मंच बेलायतका अध्यक्ष भक्त गुरुङले अध्यक्षता गरेको सो प्रशिक्षण भेलालाई महासचीव सुरेसजंग शाहले स्वागत मन्तव्य दिएका थिए। प्रशिक्षण भेलामा अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे,मलेसिया जिफन्टका प्रेम मगर, द कोरियाका अध्यक्ष जीवन पौडेल, कतारका अध्यक्ष जनक पोखरेल, हंगकंगका अध्यक्ष भक्त गुरुङ,पोर्चुगलका अध्यक्ष गोबिन्द पोखरेल,लगायत अन्य देशबाट पनि उल्लेख उपस्थिती थियो।बैचारिक अनुसन्धान बिभागका प्रमुख एवम सो भेलाका संयोजक बालकृष्ण भुसालले उद्घोषण गर्नु भयको थियो। सोही कार्यक्रमका बिच प्रचार बिभागका प्रमुख तुङभद्र भुषालले प्रशिक्षण भेला कै दिन संघको website सुचारू गर्नु भयको र संघको मुखपत्र डायस्पोरा प्रकाशन जानकारी दिनुभयको थियो। प्रशिक्षण भेलामा पुर्व अध्यक्षहरू दिनेश घिमीरे र कर्ण शाहीले टिप्पणी उठाउने काममा सहयोग गर्नु भयको थियो भने प्रश्नहरुको संकलन सचिव यादव श्रेष्ठले गरेका थिए। भेलामा कार्यसमीतीका सबै पदाधिकारीहरू एवम शाखाहरूबाट पनि बाक्लो उपस्थिति रहेको थियो।

Source: https://sitalpatinews.com/post/7556

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech