विकासोन्मुख देशका संकट टार्ने उपाय

Bridge

-डा. मुकुन्द बाँस्तोला

कोभिड–१९ महामारीले निम्त्याएको ठूलो व्यापारघाटा, व्यवसाय बन्द र बेरोजगारीसँग सामना गर्न विकसित देशहरूले आआफ्ना तरीकाले आर्थिक प्रतिक्रियाहरू दिइरहेका छन् । तर, कम विकसित देशहरूले अझै बढी उत्तेजनात्मक तरीकाले यस अवस्थासँग जुध्न प्रतिक्रिया दिन थालेका छन् । यसका लागि अन्तरराष्ट्रिय संगठनहरूबाट सहयोग लिन सकिन्छ र केकस्ता उपाय छन् त ?

संकट टार्ने उपाय
यो संकटबाट बाहिर आउन विकासशील देशहरूले आवश्यक वस्तु र सेवाको आपूर्ति तथा माग, स्थानीय मुद्रामा घरेलु वित्तीय सर्किट र यसको विदेशी मुद्रा बजारसँगको सम्बन्ध, अन्तरराष्ट्रिय व्यापार र बाहिरी ऋण, यी चार क्षेत्रमा ध्यान केन्द्रित गरेर राष्ट्रिय आर्थिक कार्यदल निर्माण गरी योजना तर्जुमा गर्नु अत्यावश्यक छ । यसमा केन्द्रीय संकट व्यवस्थापन समिति र सरकार प्रमुखको नेतृत्वमा सम्बद्ध निजी तथा सरकारी र गैरसरकारी संस्थाहरूको प्रतिनिधित्व हुनु आवश्यक छ ।

वस्तु तथा सेवाको आपूर्ति र माग
राज्यले सर्वप्रथम माग र आपूर्तिको कुशल व्यवस्थापन गरी अत्यावश्यक वस्तुको कमी हुन नदिने र मूल्य नियन्त्रण गर्नुपर्ने हुन्छ । खानेकुरा र औषधिको उपलब्धता सहज रूपमा गर्नुपर्छ । केन्द्रीय संकट व्यवस्थापन समितिले निजीक्षेत्रसँग र अन्य मुख्य सञ्चालकसँग समन्वय गरेर वस्तु तथा सेवाको सहजीकरण गर्र्नुपर्ने हुन्छ । माग व्यवस्थापनका लागि सरकारले व्यक्तिगत आय र रोजगारीमा सहयोग गर्नुपर्छ र केन्द्रीय बैंकले परम्परागत मौद्रिक नीतिभन्दा बिल्कुल बाहिर निस्केर काम गर्नुपर्छ, जसले तरलता प्रदान गरोस् । यसले अर्थतन्त्र गतिशील बनाई आर्थिक चहलपहल शुरूआत गराउँछ ।

स्थानीय मुद्रामा घरेलु वित्तीय सर्किट
आधारभूत वस्तु र सेवाहरूको आपूर्ति र मागलाई सहयोग पुर्‍याउन छुट्टै कोषको विस्तार गर्न आवश्यक हुन्छ । मौद्रिक हस्तक्षेपसँगै अझ बढी आर्थिक कदम चाल्नुपर्छ, जसले तत्कालका लागि केही समस्या सृजना गरे पनि दीर्घकालीन फाइदा पुग्छ ।

परिमाणात्मक सहजताको दृष्टिले हेर्दा यो विस्तारित आपूर्ति विकसित र विकासोन्मुख दुवै देशमा बढी सीमित भएको छ । वास्तवमा आधुनिक केन्द्रीय बैंकहरू निर्माण गर्ने प्रक्रिया मुख्यतः मौद्रिक उपकरणहरू प्रतिबन्धमा संलग्न हुन्छ । त्यही भएर धेरै विकासोन्मुख देशहरूमा मुद्रास्फीति बढी हुन्छ । बैंकहरूले राम्रो गर्ने र नराम्रो गर्नेहरूलाई पहिचान गर्न थाल्छ र यसले वितरणमा प्रभाव पार्न सक्छ । पछिल्ला दुई प्रभाव कुनै पनि मौद्रिक संयन्त्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिनै रहेका हुन्छन् । अभैm पनि, केन्द्रीय बैंकहरूले निजीक्षेत्र र सरकारलाई कर्जा दिन विकल्पहरू विस्तार गर्नुपर्छ ।

क्रेडिट लाइनको माध्यमबाट निजीक्षेत्रलाई छूट दिन सकिन्छ । यसले गर्दा सानो खेतबारीमा काम गर्ने किसान, साना र मध्यम आकारका उद्योग व्यवसाय कम्पनीहरूको कार्यशील पूँजीका लागि कोषको अभाव नहोस् । त्यसैगरी बैंक वा गैरबैंक च्यानलबाट एकमुष्ट सहुलियतपूर्ण अनुदान दिँदा व्यवसायहरूले कम्तीमा पनि आप्mना कामदारहरूलाई जागीरमा राखिरहन्छन् । यसले गर्दा बेरोजगारीको समस्या केही हदसम्म भए पनि कम हुन्छ ।

केन्द्रीय बैंकहरूले पनि खाद्य कार्यक्रम र सुरक्षा संयन्त्रलाई विस्तार गर्न, स्वास्थ्य प्रणाली सञ्चालनमा सहयोग पुर्‍याउन, अन्य आधारभूत सेवाहरूलाई वित्तीय सहयोग गर्न र सार्वजनिक कार्यहरूमा लगानी गर्ने उद्देश्यले सार्वजनिक क्षेत्रलाई सीधा वित्त प्रदान गर्न सक्छन् । यी पहलले पैसाको आपूर्ति विस्तार गर्छ । यसो गर्दा सम्पत्ति सृजनाका अन्य स्रोत हटाउने वा घटाउनुपर्ने हुन्छ । माग र आपूर्तिलाई स्थानीय मुद्रामा स्वचालित गर्न प्रयास गर्नुपर्छ । यसबाट मुद्रास्फीति र यसले सृजना गर्ने खाडलबाट बच्न सकिन्छ । यसका लागि सरकारले बैंकहरूलाई निरन्तर अनुगमन गरिरहनुपर्छ । ऋणीहरूलाई लचिलोपन आवश्यक हुन्छ । केन्द्रीय बैंकले बैंकहरूलाई खुकुलोको अनुभूति दिन आवश्यक हुन्छ ।

विदेशी मुद्राको आपूर्ति र माग
विस्तारित मुद्रा आपूर्तिबाट आन्तरिक मुद्रा चलाउन नदिन सरकारहरूले सम्भवतः विनिमय लेनदेनमा नियन्त्रण गर्नुपर्ने हुन्छ । खाद्यान्न, औषधि, ऊर्जा र अन्य आधारभूत सामग्रीको आयात गर्न आवश्यक विदेशी सञ्चयको प्रबन्ध गर्न सक्नुपर्छ । विदेशी मुद्राको अनौपचारिक मूल्य निर्धारण भएमा निर्यातमा गिरावट आउँछ र रेमिट्यान्सलाई पनि असर गर्छ । विकासोन्मुख देशहरूले खाद्यान्न र अन्य आधारभूत उत्पादनहरूमा निर्यात प्रतिबन्ध बेवास्ता गर्दा महŒवपूर्ण वस्तुहरूका लागि आयात कर घटाउन सक्छन् ।

अन्तरराष्ट्रिय संगठनहरूको भूमिका
२००९ को संकटका बेला जी२० ले विश्वव्यापी मन्दीको सामना गर्न विभिन्न प्रकारका घरेलु र अन्तरराष्ट्रिय उपायहरू सुझाव दिएको थियो । स्थानीय रूपमा बलियो मौद्रिक र वित्तीय प्रोत्साहन तथा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूको पूँजी आधार र कार्यहरूको विस्तार गर्‍यो । विकसित देशहरूले कडा र अपारम्परिक मौद्रिक दृष्टिकोण अपनाइरहँदा विकासोन्मुख देशहरूले पनि त्यस्तै गर्नुपर्ने हुन्छ ।

अन्तरराष्ट्रिय संस्थाहरूले विकासोन्मुख देशहरूमा वित्तीय प्रोत्साहनको साथ समन्वयात्मक अपरम्परागत मौद्रिक नीतिका लागि आह्वान गर्नुपर्छ । विकासोन्मुख देशका नेताहरूलाई माथि उल्लिखित केन्द्रीय संकट व्यवस्थापन कार्यालय स्थापना गर्न प्रोत्साहित गर्नुपर्छ । घरेलु प्रतिक्रियाहरूलाई संयुक्त राष्ट्रसंघ र जी२० ले सहयोग गर्नुपर्छ ।

आईएमएफ र बहुपक्षीय विकास बैंक (एमडीबी) को पूँजीमा वृद्धि गर्न समय लाग्नेछ । त्यसैले एमडीबीलाई वित्तीय नीतिहरू समायोजनका लागि आग्रह गर्न सकिन्छ । इक्विटी अनुपात बढाउन नियामक संयन्त्र र क्रेडिट रेटिङ एजेन्सीहरूसँग वार्ता गर्न आवश्यक पर्छ । त्यसैले यी परिवर्तनले एमडीबीको रेटिङलाई तल झार्दैन । अन्यथा उनीहरूको ऋण दिने क्षमता र मन्दीका बीचमा ठूलो असर पर्न सक्छ । एमडीबीको थप क्षमता विकासोन्मुख देशहरूको स्वास्थ्य बजेट वृद्धि गर्न केन्द्रित गर्नुपर्छ । विकासोन्मुख देशहरूका लागि क्रेडिट रिसलुशनको संयन्त्र स्थापना गर्नुपर्छ, जुन कम्तीमा २ वर्षमा तिर्नुपर्ने ऋणमा केन्द्रित रहोस् । एमडीबी र द्विपक्षीय वित्तीय एजेन्सीहरूको साथमा तटस्थ पूँजी प्रवाह गर्न विकासोन्मुख देशहरूलाई थप समर्थनको आवश्यकता छ ।

विभिन्न संयन्त्रहरू स्थापना गर्न निजीक्षेत्रका बैंक र लगानीकर्तासँग सम्झौता गर्न एमडीबीलाई निर्देशन दिनुपर्छ । संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र एमडीबीहरूलाई स्वास्थ्य क्षेत्र र खाद्यान्न, औषधि र स्वास्थ्यउपकरण, ऊर्जा र आधारभूत सार्वजनिक सेवाहरूको विस्तार र विकासका लागि सल्लाह दिन सहयोग गर्ने संयन्त्र स्थापना गर्न निर्देशन दिनुपर्छ ।

मानिसको कल्पनाभन्दा पनि धेरै टाढाको अहिलेको समस्यालाई सम्बोधन गर्न सामान्य परिस्थितिको भन्दा भिन्न प्रतिक्रिया दिनुपर्ने हुन्छ । संकटमा जारी गरिएको मौद्रिक नीतिको दुरुपयोग हुनसक्छ । यसले मुद्रास्फीति, उच्च अवमूल्यन, भुक्तानी सन्तुलन र भ्रष्टाचारलाई निम्त्याउन सक्छ । त्यसैले विशिष्ट सार्वजनिक खर्चमा वृद्धि गरी नगद स्थानान्तरण र गरीब तथा असहाय व्यक्तिहरूका लागि सामाजिक सुरक्षा व्यवस्था गर्न तथा केही सार्वजनिक लगानी र कृषि तथा औद्योगिक सञ्चालन जारी राख्न विस्तारकारी मौद्रिक नीतिको उपयोग गर्न आवश्यक छ । जुनसुकै अवस्थामा चाहे गरीब होस् या धनी कहीँ न कतैबाट उनीहरू आर्थिक कारोबारमा संलग्न भई नै रहेका हुन्छन् । त्यसैले अर्थतन्त्र सञ्चालनका लागि नागरिकसँगको क्रय क्षमताको ठूलो हात हुन्छ । यहाँ दिइएका सुझावको प्रयोग गर्न सकेको खण्डमा विभिन्न च्यानलहरूको सृजना गर्छ । यसका माध्यमबाट विस्तारित मुद्रा आपूर्ति अर्थव्यवस्थामा अधिक फलदायी हुन सक्छ । यसका लागि अन्तरराष्ट्रिय समुदायले पनि यहाँ उल्लिखित प्रतिक्रियाको अनुसरण गरेको हुनुपर्छ । अहिलेको अवस्था एकदम जटिल छ र यो अवस्था पार लागिसकेपछिको विश्व अहिलेको जस्तो हुने छैन । तर, हामीले दूरदर्शिताका साथ योजना तर्जुमा गर्न सके विश्वव्यापी क्षति सीमित गर्न र बलियो अवस्थाका लागि जग स्थापना गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech