प्रवासी नेपाली एकता मञ्च -अन्तराष्ट्रीय कमिटीको अध्यक्षमा भक्त गुरूङ

ONUF-IC

लण्डन।  प्रवासी नेपाली एकता मऩ्च – युकेका केन्द्रीय अध्यक्ष भक्त गुरूङको अध्यक्षतामा प्रवासी नेपाली एकता अन्तराष्ट्रिय मञ्च गठन भएको छ। त्यस्तै अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे सचिव रहनु छ।

 

प्रेस विज्ञप्ति

नेपाल कम्युनिस्ट पार्टी एमालेद्वारा पार्टीको प्रवास कमिटीको प्रत्यक्ष सम्पर्क र समन्वयमा रहने गरी प्रवासी नेपाली एकता मऩ्च- युके का केन्द्रीय अध्यक्ष भक्त गुरूङको अध्यक्षतामा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे सचिव रहनु भएको प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटी गठन गरिएकोले यस संगठनको विस्वव्यापी संरचना सुसंगठित र सुसञ्चालित हुनमा थप बल पुगेको छ। यस संगठनको विश्वव्यापि नेतृत्व र परिचालन गर्ने महत्वपूर्ण गहन कार्य यस प्रवासी नेपाली एकता-मञ्च युकेका अध्यक्ष भक्त गुरूङलाई दिइएकोमा यस मञ्चको केन्दीय कार्यसमिति नेकपा एमाले पार्टी केन्द्रीय कार्यसमिति र प्रवास विभागमा समेत आभार प्रकट गर्दछ। अध्यक्ष गुरूङ्गको नेतृत्वमा नेपाली प्रवासी एकता मञ्च अन्तराष्ट्रीय कमिटीको कार्यकाल सफल रहोस भन्ने शुभकामना पनि ब्यक्त गर्दछ ।

 

सुरेशजङ्ग शाह
महासचिव
प्रवासी नेपाली एकता मञ्च-युके
केन्द्रीय कमिटी -२०२१
मिति: ३०/०३/२०२१

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech