तिर्खाएकाे काठमाडौंलाई खानेपानी

onf-002 -Kalpana

– कल्पना आङबुहाङ

आज भन्दा २ दशकदेखि शुरुआत गरिएको मेलम्ची खानेपानी आज सरकारले भव्य र एैतिहासिक र खुशीयाली पानी पर्वको रुपमा आज सम्मानिय राष्पति बिध्यादेबी भण्डारी मार्फत समुदघाटन भएको छ । बिना पानीको जिन्दगानी कुनै अर्थ हुदैन हामी बाच्नलाई सबै भन्दा धेरै शरीरमा पानी चाहिन्छ पानी हामी मानव लगायत जिवजन्तु र बनास्पतिकाे लागि पनि अति अनिवार्य छ । त्यसकारण अहिले नेपाल सरकारले बर्तमान परिस्थितिमा हामी र हाम्रो जनजिवनलाई अनिवार्य नभई नहुने पानीको पहिलो र प्रथम ब्यबास्थापन गर्नु प्रथामिकता साथ अहिलेकाे सरकार लागि पर्नु भयो , बाताबरण हराभरा भए जस्तै पानी भए जीवन पनि हराभरा हुन्छ बर्तमन सरकारलाई सकारात्मक दृष्टिकोणले हेर्ने हाे भने देशको चौतर्फी बिकास भएको पाईन्छ तर हेर्ने दृष्टिकोणहरु फरकफरक भए भने नकारात्मक हेय र दृष्टिले हेरिन्छ भने सबै बिराेधाभाष पाउँन सकिन्छ र बाधा बिराेध गलत चिन्तनमा पुगिन्छ ।

 

onf-002 -Kalpana

 

अहिलेकाे समय त्यति सहज र सरल नहुदा नहुदै पनि आफ्नो दृढता पुर्वक सरकार अघि बढेको हामी सर्वसाधारण जनताले बुझ्न सक्छौ संसारमा आज हरेक कुराकाे हाेडबाजी चलिरहेको छ आफुले आफुलाई सक्षम र सबल दक्ष साबित गर्न पनि एकातिर छदैछ । यस्तै अबस्थामा आफ्नो कार्यक्रमहरु बिथोल्न आउनेहरुकाे भिडलाई पनि छिचोल्दै सरकार अघि बढ्दै जानू छ ।परिस्थिति नाजुक र समयअनुकुल नभए पनि सबै क्षेत्रमा बिकास र परियोजनाले आफ्नो कार्य दक्षता अर्थ पुर्ण गर्नु छ बिराेधहरु प्रस्सतै छन् सदनबाट सडकबाट संसदबाट साथीहरूबाट तर यति हुदै गर्दा पनि बिराेधकाे कुनै अर्थ र अौचित्य नभए पछि बिराेध बाधाहरु आफै सेलाएर थाकेर जानेछन् । यदि याे समय भनेको हामीले बुझ्ने र जान्ने हाे भने एकजुट र एक गाेलबन्ध भएर अघि बढेको खण्डमा देश र जनताको भबिस्य सुुनिस्चित हुने थियोे त्यसै covid 19 ले बिश्वब्यापी तहसनहस मच्चाएको स्थितिमा तिमीहरू नभई हामीहरु भएर एकचिक्त भएर देश र जनताको सुख दुखमा हातेमालो गरेर साथमा साथ काधमा काध लिने दिने गरेको भए कुनै नेताहरु प्रति जनताकाे बितृषणा जाग्ने थिएन हाेला ,अहिलेकाे सरकारलाई बिराेध जति छ त्यति नै बिकास पनि भएको छ भनिन्छ जाे सफलता हुन्छ त्याहा बिराेध बाधा अड्चनहरु प्रस्सतै हुने गर्छ ।

त्यसले हामीले बुझिन्छ कि आफू सफल भएको भनेर त्यसकारण याे बर्तमन सरकार सफल छ भन्ने हामी साधरणले बुझ्न सक्छौ । हामी सर्वसाधारणले जाे देखे जानेको हामीले भाेगेकाे कुरा सत्य बाेल्नु पर्छ ।राजनीतिक परिपेक्ष जेसुकै जस्तोसुकै अबस्थामा भए पनि देशमा जति हुन पर्ने यातायात सुबिधा प्राबिधिक सुबिधा स्वास्थ्य सुबिधा कलकारखाना धेर थाेर चलेको छ शिक्षाक्षेत्रकाे सुबिधा छ नेपाली जनताले पाउन पर्ने उपभाेग्य बस्तुहरु ढिलाे चाडाे पाउदैछन् प्राबिधिक सुबिधा र सुब्याबस्था ले सर्वसाधारणको घर घरमा टिभी र wifi बिजुली बत्तिकाे सुबिधा पुगेको छ खानेपानी गाउँ र बस्तीमा पनि पुगेको छ गाडीको सुबिधा साथै पहाडी लाेकमार्गहरु शुरुआत भईसकेकाे छ दुर्गम भन्दा दुर्गम पहाडी क्षेत्रमा पनि केही धेरै थाेरै सुबिधाहरु उपभाेग गर्न पाउन थालेको छौ ।

 

हिजो सपना जस्तै लागेको मेलम्ची खाने पानी आज सपना साहाकार भएको छ सपना र याेजना बन्नु पर्छ ढिलो चाँडाे पूरा हुन्छ तर सपना याेजना भन्ने देख्नु र बन्नु पर्छ एउटा देशको नेताले देख्ने सपना र विशाल प्रभावकारी हुन जरुरी हुन्छ जिम्मेवारी पनि उतिकै हुन पर्छ अहिले नेपालका बर्तमन सरकारले बाेलेकाे कुराहरुलाई हास्यास्पद ठाने पनि ख्याल ख्यालमा पूरा हुदै जाने अपेक्षामा जनता बिस्वसत पनि हुदैछन् नेपाल लाई स्वीजरल्यान्ड सिंगापुर जस्तै बनाउने याेजना र पानी जहाज रेलकाे कुरा छ हामीलाई थाहा छ स्वीजरल्यन्ड र सिंगापुर भन्दा के कम छ हाम्रो देशको मनाङ मुस्ताङ रारा ताल फेवा ताल कयौं तालहरु छन् हजारौं झरनाहरु छन पहाडी हिम श्रृङखलाहरु हेर्नुस् आफैं तपाईहरु सिंगापुर युरोप भन्दा सुन्दर प्राकृतिकहरु आफ्नो देशमा पाउनु हुनेछ थाेरै सुबिधा सम्पन्न नहुन बेग्लै हाेला कहिं कतै बिकासन्मुख देशहरुकाे दाजाेमा प्राकृतिक संपदालाई सझाउन पछि पर्नु स्वभाविक हाेला सकियो भने सुन्दर भन्दा सुन्दर प्राकृतिक संपदा हाम्रो देशमा पाईन्छ । यस्तो सुन्दर प्राकृतिक संपदा सझाउन केही ढिलाई भएको छ सरकारी निकायबाट त्यति मात्रै हाे ।

 

अझै भन्ने हाे भने सगरमाथाकाे देश भनेर चिनिने हाम्रो देश बिश्व सामु हाम्रो छुट्टै चिनारी छ हिमालै हिमाल भएको देश भएको कारण बर्ष भर विभिन्न पर्यटनहरु नेपाल घुम्न समेत आउने गर्छन् हामीले गौरव गर्नु पर्ने क्षेत्र पनि प्रस्वस्तै छन् चारजात छतिस वर्णकाे साझा फुलबारी हौ हामी हामी जात धर्म फरक भए पनि सबैले आफ्नै संस्कार संस्कृति भेषभुषामा हामी सगै रमाउन सक्छौं अब हामी जात अनेक भए पनि बिचार बिबेक एक हुन सकौ त्यसकारण हामी र हाम्रो देशको चौतर्फी बिकासमा आशावादी हौ अहिलेकाे जनताको जन अपेक्ष सरकारले पक्कै पूरा गर्ने मा म बिस्वस्नियता लिन सबै हामी एक हौ ।

 

लेखिका, कल्पना आङबुहाङ प्रवाशी नेपाली मञ्च युकेको कार्यकारी सदस्य तथा साहित्य सृजना बिभाग प्रमुख हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech