सम्माननीय प्रमज्यूसंगको नयाँ वर्ष २०७८ को शुभकामना कार्यक्रम सम्पन्न

KP New year event

आजको सम्माननीय प्रमज्यूसंगको नयाँ वर्ष २०७८ को शुभकामना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा गरिमामय उपस्थिती जनाईदिनुहुने महामहिम राजदूतज्यूहरु, बाणिज्यदूतज्यूहरु, कुटनीतिक नियोगका प्रमुख तथा सदस्यज्यूहरु, गैरआवासीय नेपाली संघका पुर्व अध्यक्षज्यूहरु, वर्तमान अध्यक्षज्यू तथा पदाधिकारी तथा सदस्यज्यूहरु, प्रवासी नेपाली एकता मञ्चका सम्पूर्ण साथीहरु, विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा उपस्थित हुनुभएका नेपाली डायसफोराका विशिष्ठ तथा लव्धप्रतिष्ठित व्यक्तित्वहरु, देश तथा विदेशबाट कार्यक्रममा जोडिनुभएका सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छौं । नयाँ वर्ष २०७८ ले हामीहरु सबैमा आरोग्यता, सुख, शान्ती, समृद्धी र सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौ ।

साथै, कार्यक्रमको सफलताको लागि अहोरात्र खट्ने सम्पूर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद सहित, भक्त गुरुङ अध्यक्ष प्रवासी नेपाली एकता मञ्च, युके तथा, अन्तर्राष्ट्रिय कमिटी

ईतिहासमा पहिलो पटक बिदेसमा रहेका  गैरआवासीय प्रवासी नेपालीहरुलाई सम्माननीय प्रधानमन्त्री के पी शर्मा वलीले नयाँ बर्ष २०७८ को जुमको प्रबिधी मार्फत  शुभकामना सन्देश दिएका हुन् ।सन्देश दिने क्रमम उहाँले बिश्वलाई नै ठुलो धक्का दिईरहेको कोभिड १९ बाट नेपाल पनि अछुतो रहन नसकेतापनि नेपालको अर्थतन्त्रलाई रिणात्मक हुनबाट बँचाई बिकासको गतिलाई निरन्तर अगाडी बढाइएको जानकारी दिए।साथै माहामारीबाट जनताको सुरक्षाको लागी हरसम्भव साबधानी अपनाउँदै निसुल्क कोभिड बिरूद्धको भ्याक्सिन लगाउन सुरु गरिएको र झन्डै २० लाख अति जोखिममा रहेका नेपालीहरूलाई उक्त भ्याक्सिन लगाईसकिएको पनि स्पस्ट पारे ।

 पृथकीकरण र बिभिन्न समुहहरु द्वारा चलाईएका असान्तीपुर्ण आन्दोलनहरु संधैको लागी सान्तिपुर्ण मार्गमा रूपान्तरण भएकाले नेपाल अब स्वदेश र बिदेशी लगानीको लागी उर्वर भुमी भएकोले गैरआवासीयहरूले आफ्नो हैसियत अनुसार बर्तमान सरकारको मुल लक्ष “समृद्ध नेपाल सुखी नेपाली” को महाअभियानमा सामेल हुन समेत आह्वान गरे।साथै  गैरआवासीय नेपालीहरुले राजनीतिक नागरिक अधिकार बाहेकका संबिधानले ब्यबस्था गरेका आर्थिक,सांस्कृतिक र सामाजिक अधिकारहरू सहज रूपमा उपभोग गर्न सक्ने बाताबरणको यथासिघ्र निर्माण हुने भन्दै सबैलाई ढुक्क रहन सुझाव पनि दिएका छन् ।

Video

 

 

Photos

 

 

पुरा समाचार

प्रवासी नेपाली एकता मञ्चले वुधबार आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रममा जुम मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यमा सरकार गम्भीर रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले खोपको उत्पादन नगरेपनि प्रथामिकताको आधारमा नागरिकलाई खोप गराएको बताउँदै थप खोप खरिद गरेर दोस्रो चरणको खोप अभियान चाँडै सञ्चालन गरिने जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोना महामारीले नेपालको अर्थतन्त्रमा खासै प्रभाव नपारेको पनि बताएका थिए ।

कोरोना अवधीमा नेपालको निर्यात सकरात्मक बिन्दुमा गएको जानकारी प्रधानमन्त्रीले गराएका प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले जनाएका छन् ।

२०७७ सालमा विकास निर्माणका काममा आशालाग्दो प्रगती भएको बताउँदै यही बैशाख ११ गते धरहराको पनि उद्घाटन गरिने जानकारी प्रधानमन्त्री ओलीले दिए ।

प्रधानमन्त्री ओलीले भने, नेपाल गरिब भएपनि हात फिजाएर माग्नु पर्ने अवस्था छैन । विकासलाई जनताको प्रतिव्यक्ति आय भन्दा पनि उनको जीवनमा आएको खुशीसँग दाँज्नुपर्ने धारणा प्रधानमन्त्री ओलीको थियो । ओलीले प्रवासमा बसेर पनि नेपालप्रतिको सद्भाव देखाएकोमा प्रवासी नेपालीहरुलाई धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रवासमा बसेका नेपालीले अब नेपाल ढुक्क भएर लगानी गर्ने वातावरणको सिर्जना भएको बताउँदै नेपालमा बन्द, हडताल जस्ता गतिविधि नहुने भएकोले नेपालमा लगानी भित्र्याउनका लागि प्रवासमा रहेका नेपालीको महत्वपुर्ण भूमिका हुने उनले बताए ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको नागरिकताको हकमा राजनीतिक बाहेक सबै हकको प्रयोग गर्ने मिल्ने बताएका छन् । कुनै एक देशको नागरिता लिनेले दोहोरो नागरिकता लिन नमिल्ने भन्दै प्रधानमन्त्री ओलीले आफन्तजनहरु मात्र होइन नेपालमा रहने सबै नेपालीले विदेशमा बस्ने नेपालीहरुलाई सम्मान र स्वागत गर्ने धारणा राखेका थिए ।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय कमिटीका सचिव एवं अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष भक्त गुरुंगको सभापतित्वमा भएको थियो भने प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।

यस्तै, धन्यवाद ज्ञापन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाकी अध्यक्ष सिर्जना नेपालीले गरेकी थिइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, उपाध्यक्ष बद्री केसी, पूर्वअध्यक्ष शेष घले, भवन भट्ट, जीवा लामिछाने लगायत सहभागी थिए भने अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, संयुक्त राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि अमृत राई, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेगमी, युएईका लागि नेपाली राजदूत युवनाथ लम्साल, जपानका लागि नेपाली राजदूत प्रतिभा राणा, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, बेल्जियमकालागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, फ्रान्सका लागि राजदूत दिपक अधिकारी, ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, कतारका लागि नेपाली राजदूत डा. नारदनाथ वाग्ले, स्वीटजरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, साउदी अरेवियाका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि नेपाल राजदूत उदयराज पाण्डे, स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना उपस्थित थिए ।

यसैगरी विभिन्न शहरका लागि नेपाली अवैतनिक महावाणिज्यदुतहरु प्रेमराजा महत, दिपक खड्का, उदयबहादुर रानामगर, रामप्रताप थापा, चन्द्र योञ्जन, आत्माराम खनाल, मकर हमाल, ऋषि ढकाल पनि शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी थिए ।

समग्र प्रवासीहरुको तर्फबाट आयोजक संस्थाले सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई सफलिभूत बनाउन होस्टेमा हैसे गर्न प्रवासी नेपालीहरु सदैव तत्पर रहेको बताएका थिए भने आजको लागि मात्र होइन भोलिको निम्ति पनि राजनीतिक नेतृत्व यस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्दै नेपालको विकासमा वर्तमान सरकारले चालेका कदमहरुको प्रशंसा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech