अध्यक्ष भक्त गुरुङ द्वारा ७२ औं पार्टी स्थापना तथा लेनिन दिवसको शुभकामना

onf-1-001-small
आदरणीय आमाबुबा, दिदीबहिनी, तथा दाज्युभाईहरु,
आज २२ अप्रील, विश्व सर्वहारा आन्दोलनका महान नेता कमरेड लेनिनको जन्म दिवस र नेपाली शोषित, पीडित, किसान, मजदुर तथा सर्वहारावर्गको प्रतिनिधित्व गर्ने पार्टी नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन । यस पावन दिनमा कमरेड लेनिनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु र नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको सुखद दिनमा सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
आज कै दिन सन् १८७० अप्रील २२ गते सोभियत क्रान्तीका प्रणेता कमरेड लेनिनको जन्म भएको थियो । वहाँ सच्चा माक्र्सवादी हुनुहुन्थ्यो । वहाँ देश, काल र परिस्थिती अनुसार माक्र्सबादको सिर्जनात्मक र व्यवहारीक प्रयोगकर्ता पनि हुनुहुन्थ्यो । यसैबाट वहाँले अक्टोवर क्रान्ती सम्पन्न गरी विश्वमा पहिलो समाजवादी राज्य सोभियत संघको स्थापना गर्नुभयो । वहाँले पुँजीवादको उच्चतम स्वरुप विश्वसाम्राज्यवाद हो र यसलाई परास्त गरी सर्वहारावर्गको राज्य स्थापना गर्ने काम क्रान्तीकारी विचार र सिद्धान्तनिष्ठ जनवादी केन्द्रीयताबाट सञ्चालित सुसंगठीत पार्टीबाट मात्र संभव हुन्छ भन्ने क्रान्तीको लेनिनबादी सिद्धान्त विश्वसामु ल्याउनुभयो ।
यहि माक्र्सबाद र लेनिनबादको मार्गदर्शनमा नेपालमा क. पुष्पलाल, क. नरबहादुर कर्माचार्य, क. मोतीदेबी श्रेष्ठ, क. निरञ्जनगोविन्द वैद्य, क. नारायणविलास जोशी सहितको नेताहरुले आजकै दिन बि.सं २००६ साल बैशाख १० तदनुसार २२ अप्रिल १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको आज ७२ वर्ष पुगेको छ । यस अवधिमा नेपाल कम्युनिष्ट पार्टी करिब दुईतिहाई नजिकको जनमतसहित नेपालको राज्यसत्ताको केन्द्रभागमा रही नेपालको शासनको बागडोर समालिरहेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको नेता पार्टी नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्प बोकी कम्युनिष्ट पार्टीको यो सरकार देशको चौतर्फि बिकासको मार्गमा दत्तचित्त भएर लागेको छ । नेकपा (एमाले) नेपाली जनजनको मनमुटुमा बसेको पार्टी हो । यसमा गुटस्वार्थमा रमाउने केही मुठ्ठीभर फुटपरस्त अवसरवादी तत्वहरुले केही भ्रम सृजना गर्न खोजिएपनि तमाम मुक्तिकामी जनताहरुको चट्टानी एकताको अगाडी तिनीहरु परास्त हुने नै छन् र नेपाली जनताको समृद्धीको दिन ल्याई छाड्नेछन् । यस अवसरमा प्रवास तथा स्वदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाज्युभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु र सबैको समृद्धीको कामना गर्दछु ।
हार्दिक अभिवादन सहित ।
भक्त गुरुङ
अध्यक्ष
प्रवासी नेपाली एकता मञ्च, युके
तथा प्रवास कमिटी
22 April 2021

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech