अध्यक्ष तथा महासचिव द्वारा मे दिवसको शुभकामना बेक्त

welcome - onf-002-1024x529

मे दिवसको हार्दिक शुभकामना

आदरणीय विश्वभरका सम्पूर्ण श्रमिक आमाबुबा, दाज्यूभाई तथा दिदीबहिनीहरु, आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस, संसारभरका श्रमजीवि वर्गहरुको हक, हित र अधिकारको लागि स्मरण गर्ने महान दिन, यस अवसरमा प्रवास तथा स्वदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी श्रमजीवि जनसमुदायमा सुस्वास्थ्य, दिर्घायु र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिवसको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रुपमा हरेक वर्ष आजकै दिन अर्थात मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । नेपालमा वि.सं २००३ सालमा विराटनगर जुट मिलबाट श्रद्धेय जनप्रिय प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको नेतृत्वमा शुरु भएको श्रमिक आन्दोलनबाटै देशमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको छ र मजदुरहरु आफ्नो अधिकारको लागि लड्नसक्ने गरी अधिकार सम्पन्न भएकाछन् । हामी प्रवासी श्रमजीविहरु विश्वका विभिन्न कुनामा श्रम गरिरहेका छौं । हामी विश्वभरका विभिन्न उद्योग कलकारखानाहरु, व्यापार, वाणीज्य तथा बैकीङ प्रतिष्ठानहरु, कन्सट्रक्सन कम्पनीहरु, आईटी तथा प्राविधिक प्रतिष्ठानहरु, कृषि फार्महरु, शिक्षण संस्थानहरु तथा घरेलु श्रमिकहरु आदिमा आफ्नो श्रम र पसिना बगाईरहेका छौं । कोभिड–१९ को महामारीले हामीलाई दोहोरो पिडामा डुबाएको छ । एकातिर आफ्नो रोजगारीको असुरक्षाले रोजगारी गुमाई पिडाग्रस्त बनेकाछौं भने अर्कोतिर कोभिडको महामारीको चपेटाबाट आफै र आफ्नो घरपरिवारजनको असुरक्षाको पिडाले अर्को ठुलो दुःख थोपरी दिएको छ । यस्तो विषम परिस्थितीको बिचमा हामी यसपटकको अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई संझना गरिरहेका छौं । यस धर्तिको सृजनाकर्ता हामी श्रमिकहरु हौं । मे दिवसले हामीलाई एकजुट भएर आफ्नो हक, हित र अधिकारको लागी लड्न सिकाएको छ । यसपटकको मे दिवस कोभिड महामारीबाट बच्दै आआफ्नो स्थानमा सुरक्षित तरिकाले आफ्नो जिम्मेवारी निर्वाह गर्दै मनाउनुपर्ने बाध्यता छ । कोभिड महामारीको संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन तथा सबैको जिवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक साथीहरुमा हार्दिक अपिल गर्दै महान मे दिवसको अवसरमा सुस्वास्थ्य र दिर्घायुको शुभकामना ब्यक्त गर्दछु । विश्वका श्रमिकहरु एकजुट हौं । मजदुर एकता जिन्दावाद ।

भक्त गुरुङ अध्यक्ष, प्रवासी नेपाली एकता मञ्च, यूके अध्यक्ष, प्रवास कमिटी, नेकपा (एमाले) १ माई २०२१

————

मे दिवसको हार्दिक शुभकामना !

हरेक वर्षझै यस वर्ष पनि मजदुरवर्गको हक अधिकार र सम्मानको स्थाइत्वका लागि सन् 1886 को 1st May का दिन अमेरिका, सिकागो सहरमा भएको मजदुर आन्दोलनो मुहार हाम्रा सामु एकमुठी साहास र एकमुठी उत्साह बोकेर आइपुगेको छ । विश्वभरका मजदुर एक हुनका लागि शंखघोष गरिरहेको छ ।समस्त मददुरवर्गको हकहित, अधिकार र एकताको प्रतीक मजदुर दिवसको आगमनले यसपाली कोभिड 19 लाई परास्त गर्न समस्त मानवलाई बल देओस र मानव जीवन करोनाबाट मुक्त भई समृद्धि तर्फ उवोलागोस भन्ने कामना सहित प्रवासी नेपाली एकता मञ्च-युके परिवार र मेरो आफ्नै तर्फबाट समेत विश्वभरका समस्त मजदुरहरूमा हार्दिक शुभकामना

01/05/2021

सुरेशजङ्ग शाह

महासचिव प्रवासी

नेपाली एकता मञ्च-युके केन्द्रीय कमिटी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech