कोभिड–१९ च्यालेञ्ज कोष

ONUF-Int Committee

प्रवासी नेपाली एकता मञ्च – अन्तर्राष्ट्रिय कमिटीले ९० हजार अमेरिकी डलरको कोभिड–१९ च्यालेञ्ज कोष खडा गर्ने

 

Update : 17th June 2016 

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको तर्फबाट नेपाल सरकारलाई उपलब्ध गराउने ५० मिलिक्युविक प्रतिघण्टा क्षमताको US$ 82,000 मा खरिद गरिएकाे “कोभिड–१९ नेपाल अक्सिजन प्लान्ट” को परिक्षण गर्ने काम अन्तिम चरणमा पुगेको छ । मित्रहरुको जानकारीको लागि यहाँ केहि तस्विरहरु राखिएकोछ । टेष्ट सकिएपछि पुर्व निर्धारित योजनानुसार १७ जूनमा हाङजाउबाट केरुङ हुँदै काठमाडौंको लागि ढुवानीको काम शुरु हुन्छ । मौसम हेरेर ९ देखि १२ दिनमा काठमाडौं पुगिने भन्ने छ । ढुवानीको लागि All Way International Logistics (Tianjin) Co. Ltd. संग US$8500.00 मा सम्झौता भएको छ ।

onuf-ic contract

OX

 

 

 


Update : 27/05/2021

कोभीड-च्यालेञ्ज फण्डको अनुमानित आय लगभग नेरु १६६,३७,३८३.२५ हुन्छ (केहि आउन बाॅकी र बिनमयदरले पनि तलमाथि पर्न सक्छन्)। यसमध्ये Hangzhou Ourui Air Separation Equipment Co Ltd लाई पहिलो किस्ता स्वरुप अमेरिकी डलर २२,५००.०० अर्थात £16,325.64 यूके पाउण्ड २४ मे २०२१ मा भुक्तानी दिईसकिएको छ। कम्पनीको खातामा रकम जम्मा हुन बित्तिकै प्लान्ट एसेम्वली एण्ड टेष्ट गरिसक्छन् र डेलिभरीको लागि तयार भएपछि बाॅकी ईन्सटलमेन्ट रकम भुक्तानी दिएपछि प्लान्ट नेपाल ढुवानीको काम शुरु हुन्छ। करिव ढुवानी लागि १० दिनको समय तोकिएको छ। बाॅकी कामहरु सहजकतापुर्वक अघि बढ्नेछ र नेपाललाई अक्सिजन क्राईसिसबाट मुक्त गर्न हाम्रो पनि सानो योगदान अमृत सावित हुनेछ। सबैलाई पुन: आभार सहित धेरै धेरै धन्यवाद छ। हाम्रा सहयोगदाताहरु सबैलाई जापानीज डिजाईनको प्रमाणपत्र दिएर सम्मान गर्नको लागि, जापानका अध्यक्ष लाई जिम्मा दिइएको जानकारी गराउछौ।
धन्यवाद।

 

covid-19 fun - final

 

———————————————————-

प्रवासी नेपाली एकता मञ्च – अन्तर्राष्ट्रिय कमिटीले ९० हजार अमेरिकी डलरको कोभिड–१९ च्यालेञ्ज फण्ड खडा गर्ने

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको आज सम्पन्न बृहत भेलाले नेपालमा कोभिड महामारी बिरुद्ध लड्न ९० हजार अमेरिकी डलरको “कोभिड–१९ च्यालेञ्ज फण्ड” खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेण्ड फण्डबाट नेपालमा अक्सीजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको सम्मानमा फलफुल तथा खाना वितरण गर्ने र कोभीड–१९ सम्बन्धी जनचेतना अभिबृद्धिमा लगानी गर्ने घोषणा गरेको छ ।
भेलालाई बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिंखडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र कोभिड–१९ विरुद्धको लडाईमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा सम्पन्न भएको भेलामा यूरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताहरुको उपस्थिती रहेको थियो । भेलामा फिनल्यण्डका अध्यक्ष कोमल पौडेल; स्वीडेनका अध्यक्ष चिरञ्जिवी खरेल; नर्वेका अध्यक्ष विश्वास बजगाई; डेनमार्कका अध्यक्ष शिव चापागाई; जर्मनीका सचिव सनतकुमार गौतम, जर्मनीका सचिवालय सदस्यहरु युवराज अधिकारी, गोविन्दराज पाण्डे, रुद्र केसी र राजेशलाल श्रेष्ठ; बेल्जियमका अध्यक्ष बोधराज पौडेल, सचिव बुद्धि बराल; फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्लेक्षेत्री; स्पेनका अध्यक्ष हेम शेर्पा; स्पेनका पुर्व अध्यक्ष तथा एनआरएन यूरोपका डिआरसी मुक्त गुरुङ; पोर्चुगलका अध्यक्ष मदन लिम्बु; साईप्रसका अध्यक्ष लोकराज रोक्कामगर; चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य; यूकेका उपाध्यक्ष सुरेन्द्र थपलिया, महासचिव सुरेशजंग शाह, पब्लिक हेल्थ विभागका प्रमुख राजु न्यौपानेले आ–आफ्नो मन्तव्य तथा सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech