नेपालको बाढी–पहिरो पीडितहरुको लागि सहयोग गर्ने अपिल

Onf - IC
प्रेस बक्तव्य
नेपालको बाढी–पहिरो पीडितहरुको राहत–सहयोगमा जुटौं ।
नेपालमा विगत केही दिनदेखि परिरहेको प्रि–मनसुनको अविरल वर्षातले ल्याएको बाढी–पहिरो र डुबानबाट सयौं व्यक्तिहरुले जीवन गुमाएका छन्, थुप्रै व्यक्तिहरु बेपत्ता भएका छन् र अरबौंको विकास संरचना, बालीनाली तथा सम्पत्तिको क्षति भएको छ । मेलाम्ची, ईन्द्रवती तथा सुनकोशी नदिको बाढी–पहिरोले मेलाम्ची वजार आसपासका अधिकांश घरवस्तीहरु डुवानमा परेका छन् । कास्की, पर्वत, तनहुँ, मनाङ लगायतका विभिन्न ठाउँहरुमा पनि बाढी–पहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको छ । हामी यस प्राकृतिक प्रकोपबाट भएको क्षतिप्रति गहिरो दुखः व्यक्त गर्दछौ, प्रकोपमा परी जीवन गुमाउने महानुभावहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं र सोकसन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै, यस प्रकोपमा परेकाहरुको तत्काल उद्धार गरी आवश्यक सहयोग गर्न र पोष्ट डिजास्टरको यथोचित व्यवस्थापन गर्न सरकारसंग जोडदार अपिल गर्दछौं ।
हाम्रो प्यारो संगठन प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको तर्फबाट कोभिड–१९ महामारीबाट देशलाई बचाउन अक्सिजन प्लान्ट खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने अभियान भर्खरै सम्पन्न गरेका छौं । आफ्नो एक छाक खाना टारेर भएपनि मातृभुमीको सहयोग र रक्षाको लागि जुट्न हामी सधै कटिबद्ध छौं । यस बाढी–पहिरोको प्रकोपमा परेका हाम्रा परिवारजनहरुको सहयोग र उद्धारको लागि पनि हामी एकजुट भएर सहयोग संकलन अभियानमा जुट्नुपर्ने भएको छ । यसको लागि हाम्रो संगठनका सबै देशका राष्ट्रिय कमिटी र यस मातहतका सम्पूर्ण साथीहरुलाई आफ्नो देशको अनुकुलतालाई हेरी तत्कालै यस बाढी–पहिरो राहत संकलन कार्यमा जुटनको लागि हार्दिक अपील गर्दछौं ।
हार्दिक अभिवादन सहित ।
(भक्त गुरुङ)
अध्यक्ष
(रमेश पाण्डे)
सचिव
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech